जुवातास खेलिरहेको अवस्थामा गैह्रेसहित ६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा गैह्रेसहित ६ जना पक्राउ

कहिरन समाचार

भरतपुर महानगरपालिका-९ केन्द्रीय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रेसहित ६ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।