कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको पहिलो कारोबार आज

कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको पहिलो कारोबार आज

कहिरन समाचार

कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको पहिलो कारोबार आज (बिहीबार) देखि सुरू भएको छ।

दुवै कम्पनीको आइपिओ बुधबार नेप्सेमा सूचीकृत भएको थियो।

बिहीबार प्रि–ओपन सेसनमा कालिञ्चोक दर्शनको प्रतिकित्ता १३४ रुपैयाँ ४० पैसा र एशियन हाइड्रोपावरको प्रतिकित्ता २९८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो।

नेप्सेले पहिलो कारोबारका लागि कालिञ्चोक दर्शनलाई न्यूनतम ७८ रुपैयाँ १५ पैसा देखि २३४ रुपैयाँ ४५ पैसाको रेञ्ज प्रदान गरेको थियो भने एशियन हाइड्रोपावरलाई ९९ रुपैयाँ ६० पैसा देखि २९८ रुपैयाँ ८० पैसासम्मको रेञ्ज प्रदान गरेको थियो।

कालिञ्चोक दर्शनको ‘केडिएल’ र एशियन हाइड्रोपावरको ‘एएचएल’ संकेतमा सेयर कारोबार खुला भएको हो।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।

सोही रेञ्जका आधारमा यस दिन दुवै कम्पनीहरूको पहिलो कारोबार भएको हो।

बुधबार कालिञ्चोक दर्शनले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दका लागि वितरण गरेको १ लाख २० हजार, सर्वसाधारणको लागि वितरण गरेको १० लाख ८० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ४८ लाख कित्ता गरी कुल ६० लाख कित्ता आइपिओ सूचीकृत गराएको हो।

यस्तै, एशियन हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ३ लाख ४० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख ४० हजार र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २२ लाख २० हजार कित्ता गरी कुल ३४ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।