थ्री नेसन्स कप विजेतालाई प्रधानमन्त्री दाहालले पुरस्कार वितरण गर्ने

थ्री नेसन्स कप विजेतालाई प्रधानमन्त्री दाहालले पुरस्कार वितरण गर्ने

कहिरन समाचार

प्रधानमन्त्री थ्री नेसन्स कप विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने भएका छन् ।

बुधबार हुने प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्रीको उपस्थिति हुने पक्का भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटारमा समापन समारोहको निमन्त्रणा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री दाहालले समापन समारोहमा सहभागी हुन र विजेताहरूलाई पुरस्कार र मेडल वितरण गर्न आउने बताएका हुन् ।

दशरथ रङ्गशालामा आज (बुधबार) देखि सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन सत्रको राखेपका सदस्य–सचिव घिसिङले उद्घाटन गर्नेछन् । दशरथ रङ्गशालामा आज साँझ ६ बजे उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ ।