बढ्यो अमेरिकी डलरको भाउ

बढ्यो अमेरिकी डलरको भाउ

कहिरन समाचार

मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ १३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७५ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २८ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसा तोकिएको छ।