अखिलको सुदूरपश्चिम प्रदेशमा आधाभन्दा बढी क्याम्पसमा जीत

अखिलको सुदूरपश्चिम प्रदेशमा आधाभन्दा बढी क्याम्पसमा जीत

कहिरन समाचार

नेकपा एमाले निकट अखिलले सुदूरपश्चिम प्रदेशमा आधाभन्दा बढी क्याम्पसमा जीत हासिल गरेको छ । आइतवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका ३४ क्याम्पस मध्ये अखिलले १६ क्याम्पसमा जीत हासिल गर्दै बर्चश्व कायम गरेकाे हाे ।

अखिलका महासचिव नरेश रोकायाका अनुसार सुदुरपश्चिममा अखिलले १६, नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले ८, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले १ र क्याम्पसमा जीत हासिल गरेको हो ।  उनका अनुसार बुढी नन्दा क्याम्पस बाजुरामा मतगणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मतगणना जारी रहेको छ ।