रोनाल्डोको फ्रिकिकमा अल नासरको पुनरागमन

रोनाल्डोको फ्रिकिकमा अल नासरको पुनरागमन

कहिरन समाचार

क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकाल्न सफल भएको छ । शनिबार भएको खेलमा अल नासरले अभालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

अल नासर १–० ले पछि परेको स्थितिमा रोनाल्डोले खेलको ७८ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल बराबरी गरेका थिए । पोर्चुगिज स्टारको नयाँ क्लबका लागि यो नवौँ गोल थियो । त्यसपछि ब्राजिलियन स्ट्राइकर एन्डर्सन टालिस्काले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गर्दै टोलीलाई जीत दिलाए ।

रोनाल्डो अब अन्तर्राष्ट्रिय खेलका लागि पोर्चुगल फर्किनेछन् । युरो २०२४ को छनोट र लिच्टेन्स्टाइन र लक्जम्बर्गविरुद्धको खेलका लागि नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।