पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

कहिरन समाचार

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रि–मनसु गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् गोविन्द कुमार झाका अनुसार प्रि–मनसुन भनेको मनसुन अघिको समय हो, यो समयमा स्थानीय वायुहरू सक्रिय रहने तथा पश्चिमी वायुको प्रभाव देखिनुका साथै दिनभर घाम लागेर बेलुकीपख मेघगर्जन, चट्याङसहित हल्का वर्षा गराउँछ ।

विभागका अनुसार आज लुम्बिनी प्रदेशसहित देशका पहाडी र तराईका क्षेत्रमा अपरान्हतिर मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाँउमा छिटफुट वर्षाको अनुमान गरिएको छ । देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।