दसैंका लागि ३ हजार खसी बोका काठमाडौं ल्याइने

दसैंका लागि ३ हजार खसी बोका काठमाडौं ल्याइने

कहिरन समाचार

सरकारले यस वर्षकाे दसैंका लागि ३ हजार खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौं उपत्यकामा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार  खसी बोका तथा च्याङ्‍ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्‍ग्रा काठमाडौंमा आउनेछन् भने घटस्थापनादेखि कम्पनीले विक्रि वितरण सुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।