एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्तौला चयन

एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्तौला चयन

कहिरन समाचार

काठमाडौँ । नेकपा (एमाले)को प्रतिनिधि सभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश वर्तौला चयन भएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र वर्तौलालाई सचेतकमा मनोनित गरेका हुन् ।

प्रमुख सचेतक चयन भएका गिरी पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुन् । त्यस्तै, सचेतक चयन भएका वर्तौला एमाले बागमती प्रदेश कमिटीका उपसचिव हुन् । यही फागुन २५ गतेदेखि लागू हुने गरी दुवै जनालाई मनोनित गरिएको एमालेले जनाएको छ ।

दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम मनोनयन गरिएको एमालेले जनाएको छ । गत मंसीर ४ मा भएको निर्वाचनमा गिरी पर्वतबाट र वर्तौला मकवानपुर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।