गठबन्धनमा जुटेन सहमति, उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी

गठबन्धनमा जुटेन सहमति, उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी

कहिरन समाचार

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि गठबन्धनमा उम्मेदवारबारे सहमति जुट्न सकेको छैन । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निस्कर्षबिहीन भएको छ ।

उपराष्ट्रपतिमा जसपाले महिला र पुरुष गरी दुई उम्मेदवार उठाउने र जनमत पार्टीले पनि उम्मेदवार उठाउने बताएका छन् । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तथा जनमत पार्टीबाट ममता झालाई उम्मेदवारी उठाउने तय भएको बताइएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताए । आफ्नो पार्टीले पनि उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए ।

उनले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको बताए । अध्यक्ष राउतले गठबन्धनबाट आज तीनजनाको उम्मेदवारी पर्ने अवस्था देखिए पनि आइतबारसम्म सर्वसम्मतिले एकजना मात्रै उम्मेदवारी हुने स्पष्ट पारे ।

उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।