एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा अष्टलक्ष्मी शाक्य

एमालेबाट उपराष्ट्रपतिको उम्मेदवारमा अष्टलक्ष्मी शाक्य

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको पनि ज्ञवालीले बताए ।

चैत तीन गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिएको छ ।