पीएनजीविरुद्ध आसिफ शेखको शानदार शतक

पीएनजीविरुद्ध आसिफ शेखको शानदार शतक

कहिरन समाचार

काठमाडौँ । नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध शतक पूरा गरेका छन् ।

टियु क्रिकेट मैदानमा उनले १ सय १ बल खेल्दै १० चौका र २ छक्काको मद्दतमा शतक पुरा गरेका हुन् । यो उनको पहिलो शतक हो । उनी एक दिवसीयमा एक हजार रन बनाउने खेलाडी बने । ९० रन बनाउँदा आसिफले हजार रन बनाए ।

सन् २०२१ मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ खेल खेलेका छन् । जहाँ उनको नाममा ८ अर्धसतक समावेश छन् ।

आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा सबै भन्दा धेरै रन बनाउने दोस्रो खेलाडी हुन् । पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन् । नेपाल अहिले ३ विकेट गुमाएर क्रिजमा छ । आशिफलाई कप्तान रोहितले साथ दिइरहेका छन ।