अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन

कहिरन समाचार

सडक मिचेर बनेका अनाधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् ।

महानगरले अनाधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।