सिरी ए: इन्टरले लेचेलाई हरायो

सिरी ए: इन्टरले लेचेलाई हरायो

कहिरन समाचार

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले लेचेलाई हराएको छ । आइतबार राति भएको खेलमा इन्टरले लेचेलाई २-० ले हराएको हो ।

इन्टरको जितमा हेनरिक मिखितारियान र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा हेनरिक मिखितारियानले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५३ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

जितसँगै इन्टरले २५ खेलमा ५० अंक जोडेको छ । इन्टर दोस्रो स्थानमा रहेको छ । लेचे २७ अंक जोडेर १५ औं स्थानमा छ ।

अर्को खेलमा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्सलाई रोमाले १-० ले हराएको हो ।