आठवटा इन्टरनेट कम्पनीलाई कारवाही

आठवटा इन्टरनेट कम्पनीलाई कारवाही

कहिरन समाचार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ । इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालिलाई कारबाही गरिएको हो । यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७(२) बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ ।

यसबाहेक प्राधिकरणले आफ्नो निर्देशनविपरीत विभिन्न किसिमका चाडपर्वमा प्रवद्र्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गरेको देखिएकाले तीनवटा सेवाप्रदायकलाई थप कारबाही गरेको छ । कारबाही पर्नेमा वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेट रहेका छन् ।

यी कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ । यस्तै प्राधिकरणले नेपाल टेलिकमलाई पनि कारबाही गरेको छ । प्राधिकरणको निर्देशनविपरीत भास सेवा स्वतः नवीकरण गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको छ ।