संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‍मा लैजाने नौ दलको निर्णय

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‍मा लैजाने नौ दलको निर्णय

कहिरन समाचार

काठमाडौं । सत्ता गठबन्धन आबद्ध नौ दलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्‍मा लैजाने निर्णय गरेको छ । आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नौ दलको बैठकपछि जारी विज्ञप्तिमा संक्रमणकालीन न्यायका बारेमा केही समययता उठेका विषयमा गठबन्धनमा आवद्ध दलहरुको गम्भीररुपले ध्यानाकर्षण भएको भनिएको छ ।

‘शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति–सम्झौता र संविधानको भावना अनुरुप तार्किक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौं । द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानुन बन्नेगरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।