महाअभियोग सिफारिस समितिले जबरालाई बयानका लागि बोलायो

महाअभियोग सिफारिस समितिले जबरालाई बयानका लागि बोलायो

कहिरन समाचार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।

विष्टले जबराअघि अन्य सदस्यहरुसँग पनि बयान लिने काम गरिने बताए । आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको उनले छ । समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको थियो ।  समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विष्टले बताए ।