२.८७ अंकले बढ्यो नेप्से

२.८७ अंकले बढ्यो नेप्से

कहिरन समाचार

बुधबार नेप्से परिसूचक २.८७ अंकले बढेको छ। आज नेप्से ०.१४ अंकले बढेर २०५७.८५ बिन्दुमा पुगेर बन्द भएको छ।

यस दिन २२३ वटा धितोपत्रको १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। मंगलबार १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४२० रुपैयाँ २० पैसा कायम भएको छ।

त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३१ रुपैयाँ ३० पैसा कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सिद्धार्थ इक्विटी फण्ड रहेको छ। सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ३.५८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ ६२ पैसामा झरेको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री भने अरुण कावेली पावरको भएको छ। कम्पनीको १६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३८ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.२५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दास्रो कम्पनीमा अपि पावर कम्पनी रहेको छ। उक्त कम्पनीको २७७ रुपैयाँमा ८ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले घटेको हो।