प्रचण्डले नागरिकता विधेयकमा एमालेले भ्रम छर्ने काम गरेको बताए

प्रचण्डले नागरिकता विधेयकमा एमालेले भ्रम छर्ने काम गरेको बताए

कहिरन समाचार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।  ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याउँदा राष्ट्रघात भयाे भन्दै प्रचार गरेको प्रचण्डको आरोप छ ।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने -‘आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था यो विधेयकमा छ । तर विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम भएको छ । यसप्रति सम्पूर्ण नागरिक सचेत हुन आवश्यक छ । ‘

राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहसलाई नेपाली जनताले असफल पार्ने प्रचण्डको दाबी छ ।