कर्मचारीसम्बन्धी ९९ रिटमा सर्वोच्चले सुनायो फैसला

कर्मचारीसम्बन्धी ९९ रिटमा सर्वोच्चले सुनायो फैसला

कहिरन समाचार

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी ९९ वटा रिटमा फैसला सुनाएको छ।

कर्मचारी समायोजनविरूद्ध असार ७ मा दर्ता भएका  ९९ रिटमा संवैधानिक इजलासले फैसला सुनाएको हो।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले संक्षिप्त वा पूर्णपाठ भने नलेखेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।

उनका अनुसार लोक सेवासँग सम्बन्धित मुद्दा खारेज भएका छन्। यसले गर्दा लोक सेवालाई विज्ञापन अघि बढाउन बाटो खुलेको छ।

तर कतिपय रिटमा भने परमादेश जारी भएको छ। अर्थात् समायोजन बदर भएको छ।

यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको थियो।