नेप्सेमा १.८५ अंकको वृद्धि

नेप्सेमा १.८५ अंकको वृद्धि

कहिरन समाचार

गलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।

नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, मंगलबार भने कारोबार रकम झनै घटेको छ । नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।

दिनभर बजारमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

मंगलबार कारोबार भएका मध्ये रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यता सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ६.८८ प्रतिशतले गिरावट भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ५.५७ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा समालिङ पावर कम्पनीको सेयर मूल्य ३.९३ प्रतिशतले बढेको छ ।