ब्राजिलका र कोरियाका राजदूतले लिए शपथ

ब्राजिलका र कोरियाका राजदूतले लिए शपथ

कहिरन समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपतिको कार्यालय महाराजञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले राजदूत पदको शपथ गराएकी हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।