र्मचारीहरूले सिंहदरबार गेटमा पर्चा बाँडे

र्मचारीहरूले सिंहदरबार गेटमा पर्चा बाँडे

कहिरन समाचार

निजामती कर्मचारीहरूले आइतबार बिहान सिंहदरबारस्थित गेटमा पर्चा बाँडेका छन्।

बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म कर्मचारीहरूले पर्चा बाँडेका हुन्।

संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखेर तयार पारेका पर्चा बाँडेको हो।

सिंहदरबार प्रवेश गर्ने मन्त्री, सांसद र उच्त अधिकारी तथा कर्मचारीलाई पर्चा बाँडिएको थियो।

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउन पर्चा बाँडिएको हो।