थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा

थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा

कहिरन समाचार

उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गर्यो ।

बागमती नदीको पुरानै प्राकृतिक सुन्दरता फर्काउने उद्देश्य राखेर शनिबार बिहान १२ वटा र्‍याफ्टिङ र दुईवटा कायक (एक जनामात्रै रहने ढुंगा) सहितको साढे ५ किलोमिटर जलयात्रा सम्पन्न भएको हो । यो यात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, वातावरणविद, समाजसेवीलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए।

सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको बागमती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनी याममा जलयात्रा महोत्सव गर्दै आएको छ ।