पुल निर्माणमा ठेक्दारको चरम लार्पवाही, आठ बर्षमा तीन पिलर मात्रै ठडियो

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ दोदा नदीमा पक्की पुल निर्माण सुरू भएको ८ वर्षको  अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन ।…